पोखरा । नेपाल कल्याण समाज जापानको आयोजनामा नेपालबाट आएका अभिभावक भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका महासचिव टिकाराम खरेल, विशेष अतिथि अर्लाङकोट सेवा समाज जापानका अध्यक्ष गोपाल सापकोटा लगायत उपस्थित थिए । नेपालबाट जापान भ्रमणमा आएका विशिष्ट अभिभावकहरु ताराखर सुवेदी र पार्वती सुवेदी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
नेपाल कल्याण समाज जापानका उपाध्यक्ष काशीराम भण्डारी, प्रमोद लोहनी, कोषाध्यक्ष भिम ढकाल, महासचिव केशव सुबेदी, तथा सल्लाहकारहरु जय खड्का र निराजन मल्ल संस्थाकी पूर्व सचिव बर्षा अधिकारी पूर्व सदस्य प्रभा अधिकारी लगायत अन्य विभिन्न संघसंस्था प्रतिनिधिहरू र समाजका सम्पूर्ण सदस्यहरू साथै जापानबाट आएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेखनिय उपस्थिति रहेको थियो।

कार्यक्रमका संयोजक उपाध्यक्ष विष्णु शर्मा रहेका थिए । कार्यक्रमको सञ्चालन खेमराज सापकोटा (राजु)ले गरेका थिए ।
कार्यक्रमको व्यवस्थापन दाल मसाला रेष्टुरेण्ट (खामोनोमिया) का प्रोप्राइटर कृष्ण प्रसाद खरेलले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल कल्याण समाज जापानका अध्यक्ष सुवर्ण भट्टले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि टिकाराम खरेल, विशेष अतिथि गोपाल सापकोटा र अध्यक्ष सुवर्ण भट्टले मन्तव्य राख्दै अभिभावक सम्मान कार्यक्रम महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रमको समापन भजनकीर्तन र सांस्कृतिक नाचगानसहित हर्षोल्लासपूर्वक सम्पन्न गरिएको थियो।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन