एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२०: आज सेमीफाइनलका खेलहरु हुने

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२०: आज सेमीफाइनलका खेलहरु हुने

Srijana Mavi ka Avinaya BK

पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पीयनसीपको सेमीफाइनल समीकरण पूरा भएको छ ।

पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार समूह ‘डी’ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेसँगै सेमीफाइनल पुग्ने सबै टिमको टुंगो लागेको हो । यसअघि समूह ‘ए’बाट मदरल्याण्ड, समूह ‘बी’बाट रत्न ज्योति र समूह ‘सी’बाट प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिता अन्तर्गत शनिबार सेमीफाइनलका खेलहरु हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो सेमीफाइनल खेल प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल तथा दोस्रो खेल मदरल्याण्ड मावि र सृजना माविबीच प्रतिष्पर्धा हुनेछन् ।

शुक्रबारको अन्तिम सेमीफाइनल खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्‍यो । सृजना माविले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको अमरसिंह माविले निर्धारित २० ओभरमा ६ विकेटको क्षेतीमा १३६ रनको योगफल तयार गरेको थियो । अमरसिंह माविका लागि सत्कार चालीसेले ४७ रनको योगदान दिए । अमरसिंहलाई सस्तैमा समेट्न सृजना माविका समीर यादव एक्लैले ३ विकेट लिए ।

१३७ रनको मध्यम लक्ष्य पछ्याएको सृजना माविले १८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै सेमीफाइनल यात्रा तय गर्‍यो । सृजना माविका लागि अभिनय विकले ४२ रनको योगदान दिए । अमरसिंह माविका सुकी यादवले २ विकेट लिएपनि जित दिलाउन सकेनन् । सो खेलमा सृजना माविका अभिनय विक प्लेयर अफ दी म्याच घोषित भए ।

यसअघि समूह ‘डी’ कै खेलमा सृजना माविले नै न्यूलाइट सेकेण्डरी स्कुललाई ७४ रनले पराजित गर्दै सेमीफाइनल पुग्ने बाटो खोलेको थियो । टस जितेर पहिलो व्याटिङ गरेको सृजना माविले १३ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै ६ विकेटको क्षेतीमा ११२ रन बनाएको थियो । सृजनाका लागि ईश्वर चन्द्र सुवेदीले २५ रनको योगदान दिए । सृजनालाई दवाबमा राख्ने क्रममा न्यूलाईटका सन्दीप सुवेदीले २ विकेट लिएका थिए ।

११३ रनको मध्यम लक्ष्य पछ्याएको न्यूलाईट ९.४ ओभरमा अलआउटहुँदै केवल ३८ रनमा सिमित भएपछि पराजित भयो । न्यूलाईटका कसैलेपनि उत्कृष्ट प्रदर्शन नगर्दा झिनो रनमा समेटिएको हो । न्यूलाईटलाई सस्तैमा समेट्न सृजनाका सचिन शर्मा र विशाल ढकालले ३/३ विकेट लिए । सो खेलमा सृजनाका विशाल ढकाल प्लेयर अफ दी म्याच घोषित भए ।

अर्को खेलमा वाराही माविले त्रिवेणी पव्लिक स्कुललाई ११८ रनले पराजित गर्‍यो । टस जितेर पहिलो व्याटिङ गरेको वाराही माविले १९ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै ४ विकेटको क्षेतीमा १६२ रनको योगफल तयार गर्‍यो । वाराहीका मनोज घर्ती मगरले ३२ तथा अभिषेक अधिकारीले १८ रनको योगदान दिए ।

१६३ रनको लक्ष्य पछ्याएको त्रिवेणी पव्लिक ९.४ ओभरमा केवल ४४ रनमा समेटिएपछि वाराही मावि बिजयी भयो । त्रिवेणीलाई सस्तैमा समेट्ने क्रममा वाराहीका अभिषेक अधिकारी एक्लैले ४ विकेट तथा विवेक विकले ३ विकेट लिएका थिए । सो खेलमा विवेक विक प्लेयर अफ दी म्याच घोषित भए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ