पोखरा । पोखरा- १७ घारीपाटन स्थित छहारी टोल विकास संस्थाले आयोजना गरेको सडक दौड प्रतियोगितामा छोरेपाटन स्कुलले वचश्व जमाएको छ ।
खुल्ला ५ किलोमिटर पुरुष दौडमा प्रथम तेनजोन रोक्का मगर छोरेपाटन मावि, द्वितीय युवराज मल्ल घारिपाटन टोल विकास संस्था, तृतीय चेतना चालिसे, चौथो किशोर थापा हिमालयन म्युजियम टोल विकास संस्था र पाँचौ कृतन श्रेष्ठ भएका छन् ।
यस्तै पाँच किलोमिटर महिला खुल्ला तर्फ प्रथम नारायणी भण्डारी छोरेपाटन मावि, द्वितीय मेनुका अधिकारी माच्छापुच्छ्रे टोल संस्था, तृतीय बिमला थापा श्री रामजानकी आमा समुह चौथो विष्णु बराल र पाँचौ स्थान रोजनि केसी सनराइज आमा समुहले प्राप्त गरे ।
यता तीन किलोमिटर विद्यालय स्तरिय छात्र दौडमा प्रथम प्रकाश तामाङ छोरेपाटन मावि, द्वितीय तिलबहादुर परियार छोरेपाटन मावि, तृतीय निशान्त भुजेल छोरपाटन मावि, चौथो आयुश सुनार छोरेपाटन र पाँचौ स्थान इशानि वराल शिशु निकेतन स्कुल भए।
यता छात्रा तीन किलोमिटरमा प्रथम साधना सेवा छोरेपाटन माविका, द्वितीय सोफिया बरालबालोदय स्कुल, तृतीय प्रनिसा पौडेल छोरेपाटन मावि, चौथो एन्जल न्यौपाने छोरेपाटन मावि र पाँचौ स्थान पोखरा किन्डर गार्डेन स्कुलकि इशानि बरालले प्राप्त गरे ।
आमा समूह तर्फ तीन किलोमिटर दौडमा प्रथम विष्णु ठकुरी जुनतारा आमा समूह, द्वितीय अञ्जु कुमारी गुरुङ शुभकामना आमा समुह, तृतीय कमला सापकोटा सुसान्त आमा समुह, चौथो देवी कार्की रामनगर आमा समुह र पाँचौ दुर्गादेवी पौडेल नारी शक्ति आमा समुह भए ।
पाँच किलोमिटर महिला तथा पुरुष दौडमा प्रथमले पाँच हजार, द्धितियले तीन हजार, तृतियले दुई हजार र सान्त्वनाले एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।विद्यालयस्तरीयमा प्रथमले सात, द्धितियले पाँच, तृतियले तीन हजार र सान्त्वनालाई एक हजार छात्र छात्रा दुवैजनालाई प्रदान गरियो ।
विजेता सबैलाई पोखरा महानगर वडा नम्बर १७ का वडाअध्यक्ष राधिका कुमारी शाही, वडा वडा नम्बर १७ का वडा सदस्य बिक्रम गुरुङ, वडा सदस्य शिवराम भण्डारी, वडा सदस्य तारा सेवा, छहारी टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदार लगयतले नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
विद्यालयस्तरीय दौड आँखा हस्पिटल चोकदेखि बराल फिड् हुदै आँखा हस्पिटल चोक पुगेर सम्पन्न भयो भने महिला पुरुष दौड आँखा हस्पिटलबाट सुरु भै छोरेपाटन स्थित वि।एस। पेटेल पम्पसम्म हुँदै आँखा हस्पिटल चोकमा आएर सम्पन्न भएको टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।
प्रतियोगता पोखरा वडा नम्वर १७ को विशेष सहयोग र कास्की जिल्ला एथेटिक्स संघको प्राविधिक सहयोगमा भएको हो । खेलकुदको जग विद्यलाय भएकाले पोखरालाई खेलकुदको सहर बनाउने अभियानमा ईटटा थप्ने विश्वास आयोकले लिएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला