पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने भएका छन् ।
पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शनिबार भएको सेमीफाइनल खेलहरुमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरी स्कुल र सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त आईतबार हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरीलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको छ । टस जितेर व्याटिङ रोजेको रत्नज्योति प्रतिभासामु निरीह देखियो । रत्नज्योतिले ९ ओभरमा सबै विकेट गुमाएर केवल २६ रन मात्र बनायो । प्रतिभाका बलरहरुले रत्नज्योतिका व्याटरहरुलाई खुलेर खेल्न दिएनन् र न्यून स्कोरमा एकपछि अर्को गर्दै व्याटिङ अर्डर धरासायी बनाए । प्रतिभाका सरोज पौडेलले ४ विकेट तथा सहबुद्दिन अन्सारीले २ विकेट लिएका थिए ।
२७ रनको झिनो लक्ष्य पछ्याएको प्रतिभा माविले केवल १.५ ओभरमै एक विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रतिभालाई जिताउन सफल श्रेष्ठ एक्लैले १५ रनको योगदान दिए । सो खेलमा प्रतिभाका सरोज पौडेल प्लेयर अफ दी म्याच घोषित भए ।
शनिबार नै भएको दोस्रो सेमीफाइनल खेलमा सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो । टस जितेर व्याटिङ रोजेको सृजनाले १९.४ ओभरमा सबै विकेट गुमाएर १२० रनको योगफल तयार गरेको थियो । सृजनाका लागि अभय विक एक्लैले ५७ रनको योगदान दिए ।
१२१ रनको मध्यम लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्ड केवल ७.३ ओभरमा सबै विकेट गुमाएर ३७ रनमा सिमित भयो । सृजनाका बलरहरुसामु निरीह देखिएका मदरल्याण्डका व्याटरहरुले खुलेरै खेल्नै पाएनन् । मदरल्याण्डलाई सस्तैमा समेट्न सृजनाका सोनु यादवले ह्याट्रिकसहित ६ विकेट तथा किरण पौडेलले ४ विकेट हत्याएका थिए । उनी सो खेलमा प्लेयर अफ दी म्याचसमेत घोषित भए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला