मोटरसाइकल दुर्घटनामा सशस्त्रका असइको मृत्यु

मोटरसाइकल दुर्घटनामा सशस्त्रका असइको मृत्यु

Puran Lal-Rajbamsi-ASI

झापा । झापाको कमल गाउँपालिका–३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक निरीक्षकको मृत्यु भएको छ ।

मोरङ कानेपोखरी गाउँपालिका– ४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो ।

उनी इलामको बीओपी समालबुङ पोष्टमा कार्यरत राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक (असइ) हुन् ।

घरबाट कार्यक्षेत्र जाँदै गर्दा उनले चलाएको प्र १– ०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ