काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विभिन्न नेता वा समूहका नामका गुट स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
अनेरास्ववियुको २४औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनको घोषणा नहुँदै फलानो आउने रे भनेर हल्ला चलाउने षड्यन्त्र भइरहेको बताए ।
ओलीले भने, ‘अहिले हल्ला चलको छ, तल तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । अर्को खेल हुन खोजेको छ यहाँ, फलानो आउने रे, यस्तो उस्तो । पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष । महाधिवेशन घोषणा भएको छैन । बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् । स्टाटस सिस्टाटसलाई जवाफ दिनुस् ।’
अध्यक्ष ओलीले पार्टीको कुरा बाहिर गएर फेसबुकबाट वा अन्तर्वार्ताबाट पार्टीलाई खुइल्याउने काम भए बाह्य हमलाको रुपमा लिएर जवाफ दिने बताए ।
उनले बाहिर गएर पार्टीमा ढुंगा हानेपछि आन्तरिक मामिला नहुने चेतावनी दिए । यस्ता कुरा सहँदा हैरान भएको भन्दै ओलीले भीम रावलले यसैगरी वर्षौंसम्म बाहिरबाट ढुंगा हानेको बताए ।
‘म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनु हुँदैन’
ओलीले गणतन्त्रको रक्षा, सुदृढ र गतिशील तुल्याउन विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने ओलीले बताए ।
‘बाटोमा हिँड्दा तपाईँहरूको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरुले चिनुन् । म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनु हुँदैन’, ओलीले भने, ‘एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन् । पार्टीभित्र एकता हुनु हुँदैन । चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन् । मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा हामी हाम्रो लक्ष्यमा प्रभावकारीरुपमा अघि बढ्न सक्छौँ । मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ । पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्ने काम हामीले गर्नु हुँदैन ।’
सम्बन्धित खबर
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’
बस्ती उठाइसकेर सरकारले भन्योः दशरथ रंगशालामा उपस्थित भई आफ्नो विवरण दर्ता गर्नू
रोल्पा जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्यो, २० जनाको मृत्यु, एक जना मात्रै जीवित
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
निजामती कर्मचारीविरुद्ध मुद्दा चलाउन सरकारको स्वीकृति चाहिने !
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’