पोखरा । गण्डकी प्रदेशको क्रिकेट विकासमा समर्पित प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टी २० प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन हुनेछ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको छ ।
संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार प्रतियोगिता युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरेका छन् । पत्रकारहरुको जिज्ञासाका बारेमा जानकारी दिंदै अध्यक्ष सिग्देलले कठिन समय र परिस्थितीका बाबजुद प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने–“हामी संग स्रोत र साधनको अभाव छ । तर पनि हामी जुन सुकै कठिन परिस्थितीका बाबजुद यो प्रतियोगिता सञ्चालन गर्दैछौं । क्रिकेटको बढ्दो लोकप्रियता संगै विभिन्न जिल्लामा छरिएर रहेका यूवा पुस्तालाई एक्सपोजर दिन पनि यो प्रतियोगिताको भूमिका महत्वपूर्ण रहनेछ ।”
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न पूर्व क्यान केन्द्रीय सदस्य ऋषीराम गौतमलाई संयोजक तोकिएको छ । गण्डकी क्रिकेट संघका सदस्य समेत रहेका गौतमले क्रिकेटको विकासका लागि प्रदेश सरकारले प्रतियोगिता र पूर्वाद्धार विकासका लागि रकम विनियोजन गर्न आग्रह गरे । उनले भने–“हाम्रो मात्र प्रयासले क्रिकेटको विकास सम्भव छैन । यसमा प्रदेश सरकारको समेत उत्तिकै दायित्व रहन्छ । हरेक वर्ष वजेट विनियोजन भएमा खेलाडी उत्पादन सहज रुपमा अघि बढ्छ ।”
संघले सञ्चारकर्मीहरूलाई प्रतियोगितालाई आफ्नो माध्यमबाट प्रचारप्रसार गरी खेलाडी र आयोजकको हौसला बढाइदिन समेत अनुरोध गरेको छ ।
प्रतियोगिता पोखरा रंगशालाको एक मात्र क्रिकेट मैदानमा हुनेछ, जुन आगामी यू–१९ महिला टी २० विश्वकप २०२७ को सम्भावित स्थल समेत हो।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान