पोखरा । कप्तान सन्दिप क्षेत्रीको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टी– २० क्रिकेटको फाइनलमा स्थान बनाएको छ ।
एक रनले शतकबाट चुकेका सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्कासहित ९९ रन बनाए । टोलीलाई फाइनलमा पुर्याउन भूमिका खेलेका उनी म्यान अफ दि म्याच समेत बने । नरेश शाहीको बलमा चन्द्रकान्त पौडेलको हातबाट उनी क्याच आउट भए ।
पोखरामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत समूह ‘ए’ बाट स्याङजा फाइनलमा प्रवेश गरेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरणअन्तर्गत स्याङ्जाले पारीको सुरूवात गर्दै तनहुँ विरुद्ध २० ओभरमा ८ विकेट गुमाएर १८८ रनको चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको थियो । तर स्याङजा १५९ रनमा समेटिंदा २९ रनले बिजयी हुँदै स्याङजा फाइनलमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको स्याङ्जाको सुरुवात भने राम्रो भएन । ओपनर करण पंगेनी खाता नखोली दोस्रो बलमै पेवेलियन फर्किए । त्यसपछि ईश्वर क्षेत्री (२९ रन, २१ बलमा) र कप्तान सन्दीप क्षेत्री बीच दोस्रो विकेटका लागि सशक्त साझेदारी गरे ।
मध्यक्रममा अंकित न्यौपानेले १८ बलमा ३७ रन बनाउँदै आक्रामक योगदान गरे । इनिङ्सको अन्त्यतिर प्रदीप पाण्डेले २ बलमा ८ रन बनाउँदै स्याङ्जाको स्कोरलाई १८८ सम्म पुर्याए । तनहुँका लागि बलिङमा चन्द्रकान्त पौडेलले ४ ओभरमा ३३ रन दिँदै २ विकेट लिए भने नरेश शाहीले पनि प्रभावशाली प्रदर्शन गर्दै २ विकेट लिए । कृष ऐयर र प्रदीप यादवले एक–एक विकेट लिए ।
यता जवाफी व्याटिङ गरेको तनहुँले १८९ रनको लक्ष्य पछ्याउँदै १९.३ ओभरमा सम्पूर्ण १० विकेट गुमाउँदै १५९ रन मात्रै बनाउन सक्यो । स्याङ्जाको उत्कृष्ट बलिङ प्रदर्शनका कारण तनहुँ २९ रनले पराजित हुन पुगेको हो ।
तनहुँका ओपनर दिपेश अधिकारीले आक्रमक सुरुआत गर्दै ८ बलमा १३ रन बनाए तर त्यसपछि विकेटको पतन रोक्न सकेन । क्रिश अयर शून्य रनमा आउट भए । समीर कंडेलले २९ बलमा ४० रनको योगदान दिए भने बंश क्षेत्रीले ६ चौका प्रहार गर्दै ४५ बलमा सर्वाधिक ५६ रन बनाए ।
व्याटरहरु मध्ये सौरभ कुशुवाहले ८ बलमा ११, नरेश शाहीले ११ बलमा ११ रन बनाए । तर अन्य खेलाडीहरू दोहोरो अंकमा पुग्न सकेनन् ।
स्याङ्जाको तर्फबाट अंकित न्यौपाने सबैभन्दा प्रभावशाली बलर बने । उनले ४ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । करण पंगेनीले ३ विकेट हात पारे भने सन्दीप खत्री क्षेत्रीले १ विकेट लिए । तुलसीराम भण्डारीले ६.५० को इकोनोमी रेटमा ४ ओभर बलिङ गर्दै विपक्षी ब्याट्सम्यानलाई दबावमा राखे ।
बागलुङको सान्त्वना जित
गण्डकी प्रदेशस्तरीय तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बागलुङले म्याग्दीलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । समुह एको लिग चरणको अन्तिम खेलमा बाग्लुङ आफ्ना कुल तीन खेलमा दुईमा हार र एकमा जित गरी कुल २ अंकका साथ समुहमा तेस्रो स्थानमा रहँदा म्याग्दी अंक विहिन बन्न पुग्यो ।
वर्षाका कारण् घटाइएको १० ओभरको छोटो खेलमा म्याग्दीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित १० ओभरमा म्याग्दीले ३ विकेट गुमाउँदै ६४ रन मात्र बनायो । म्याग्दीका लागि दिनेश क्षेत्रीले १८ बलमा १८ रन तथा सागर कटुवालले ११ बलमा १५ रन बनाए । रोशन कार्कीले पनि १३ रनको योगदान दिए । बागलुङका बलरहरूमध्ये आश्विन थापाले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिए भने कुशल खड्काले २ ओभरमा १ विकेट लिँदै ९ रन मात्र दिए ।
जवाफी ब्याटिङमा बागलुङले ५.३ ओभरमै २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बागलुङका लागि सन्दीप यादव २० रनमा अविजित रहे भने खेलको तुफानी पारी खेल्दै सचिनराज अधिकारीले ११ बलमा ३१ रन (३ चौका, ३ छक्का) प्रहार गर्दै ’प्लेयर अफ द म्याच’ बन्न सफल भए । म्याग्दीका बलर रोशन कार्की र हरि सुवेदीले समान १–१ विकेट लिए ।
भोली (मंगलबारबाट समुह ‘बी’ अन्तर्गतका खेलहरु सञ्चालन हुनेछन् । जस मध्ये पहिलो खेल कास्की र पर्वत तथा दोस्रो खेल नवलपुर र गोरखाका बीच हुनेछ । समुह बीको बिजेताले फाइनलमा स्याङजा संग प्रतिस्पर्धा गर्नेछ ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो