पोखरा । ‘घुमौ पूर्व’ कार्यक्रम लिएर पोखरा आएका कोशीका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया सम्पन्न भएको छ ।
कोशी प्रदेश पर्यटन वर्ष–२०८२ लाई सफल बनाउने उद्देश्यले होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीद्धारा आयोजित प्रवद्र्धनात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले कोशी र गण्डकी प्रदेश पर्यटकीय दृष्टिकोणले समृद्ध रहेको बताए ।
उनले यस्ता कार्यक्रमले अन्तरप्रदेशीय पर्यटकीय सम्भावनाको खोजी र विद्यमान गन्तव्यको प्रचारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डको मुख्य उद्देश्य देशका सबै प्रदेशको पर्यटकीय सम्भावना उजागर गरी नेपाललाई दिगो र समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्नु रहेको उनको भनाइ थियो ।
होटल संघका केन्द्रीय उपाध्यक्ष देवी गौतम रविनले पूर्वका प्रमुख गन्तव्यहरूको जानकारी दिँदै दुवै प्रदेशले सहकार्य र समन्वय गरी पर्यटकीय प्याकेज बनाएमा पर्यटनबाट लाभ लिन सकिने बताए । कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गण्डकीका पर्यटकीय गन्तव्य, पदयात्रा, र कनेक्टिभिटीबारे जानकारी दिँदै व्यावसायिक एकताले दिगो पर्यटनमा सहयोग पुर्याउने धारणा राखेका थिए ।
होटल संघ गण्डकीका अध्यक्ष तेजबहादुर पुरीले यस्ता कार्यक्रमले पर्यटकीय गन्तव्यको पहिचान र नवीन दृष्टिकोण निर्माणमा सहयोग पुर्याउने बताए । प्रवद्धनात्मक सम्बन्धि पाँच दिने कार्यक्रममा चितवन र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया र व्यावसायिक सम्बन्ध विस्तार गरेको जानकारी दिए ।
कोशी र गण्डकी प्रदेशका होटल व्यवसायी, पर्यटनसम्बन्धी संघ–संस्थाका प्रतिनिधि, सरकारी अधिकारी, र सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममापर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा रहेको संघका महासचिव कृष्ण पराजुलीले जानकारी दिए ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी