टेक, किसान र सुनिमाको स्वरमा नयाँ गीत, ‘आज घर जाँदैन साइँलो’ सार्वजनिक

गीत संगीत

टेक, किसान र सुनिमाको स्वरमा नयाँ गीत, ‘आज घर जाँदैन साइँलो’ सार्वजनिक

नेपाली संगीत क्षेत्रमा निरन्तर नयाँ सिर्जनाहरू थपिँदै गर्दा पछिल्लो समय सार्वजनिक भएको गीत ‘आज घर जाँदैन साइँलो’ले दर्शक–श्रोताको ध्यान तान्न थालेको छ। शुक्रबार सुनिमा गुरुङ युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले लोकशैलीको भावनात्मक आयामलाई प्रस्तुत गरेको छ।

गीतमा किसान नेपाली, टेक क्षेत्री र सुनिमा गुरुङको स्वर सुन्न सकिन्छ। कोरसमा राजेन्द्र सापकोटा र मधु थापाको स्वरले साथ दिएको छ। गीतका शब्द टेक क्षेत्रीले लेखेका हुन् भने संगीत किसान नेपालीको रहेको छ। यिनीहरू तीनैजना पोखराको चर्चित पुरानो दोहोरी साँझ ‘निरमाया दोहोरी साँझ’मा सक्रिय रूपमा कार्यरत छन्।

गीतको संगीत संयोजन चर्चित संगीतकार विनोद बाजुरालीले गरेका छन्। भिडियो पक्षमा कलाकार विजय पुन, जुना विश्वकर्मा र पुष्पा बाचे मगरले अभिनय गरेका छन्। छायांकन बुद्ध थापाले, सम्पादन र रङ संयोजन नवीन घर्ती मगरले गरेका हुन् भने कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले सम्हालेका छन्।

‘आज घर जाँदैन साइँलो’ गीतले गाउँघरको कथा, प्रेम, पर्खाइ र पीडालाई दृश्य तथा ध्वनि माध्यमबाट प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। भावनात्मक अभिव्यक्तिलाई सशक्त रूपमा बोकेको यो गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। दोहोरी साँझमा दिनरात गीतमार्फत भावना बाँड्दै आएका कलाकारहरूले डिजिटल माध्यममा पनि आफ्नो छवि बलियो बनाउने संकेत यो सिर्जनाले दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ