नेपाली संगीत क्षेत्रमा निरन्तर नयाँ सिर्जनाहरू थपिँदै गर्दा पछिल्लो समय सार्वजनिक भएको गीत ‘आज घर जाँदैन साइँलो’ले दर्शक–श्रोताको ध्यान तान्न थालेको छ। शुक्रबार सुनिमा गुरुङ युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले लोकशैलीको भावनात्मक आयामलाई प्रस्तुत गरेको छ।
गीतमा किसान नेपाली, टेक क्षेत्री र सुनिमा गुरुङको स्वर सुन्न सकिन्छ। कोरसमा राजेन्द्र सापकोटा र मधु थापाको स्वरले साथ दिएको छ। गीतका शब्द टेक क्षेत्रीले लेखेका हुन् भने संगीत किसान नेपालीको रहेको छ। यिनीहरू तीनैजना पोखराको चर्चित पुरानो दोहोरी साँझ ‘निरमाया दोहोरी साँझ’मा सक्रिय रूपमा कार्यरत छन्।
गीतको संगीत संयोजन चर्चित संगीतकार विनोद बाजुरालीले गरेका छन्। भिडियो पक्षमा कलाकार विजय पुन, जुना विश्वकर्मा र पुष्पा बाचे मगरले अभिनय गरेका छन्। छायांकन बुद्ध थापाले, सम्पादन र रङ संयोजन नवीन घर्ती मगरले गरेका हुन् भने कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले सम्हालेका छन्।
‘आज घर जाँदैन साइँलो’ गीतले गाउँघरको कथा, प्रेम, पर्खाइ र पीडालाई दृश्य तथा ध्वनि माध्यमबाट प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। भावनात्मक अभिव्यक्तिलाई सशक्त रूपमा बोकेको यो गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। दोहोरी साँझमा दिनरात गीतमार्फत भावना बाँड्दै आएका कलाकारहरूले डिजिटल माध्यममा पनि आफ्नो छवि बलियो बनाउने संकेत यो सिर्जनाले दिएको छ।
सम्बन्धित खबर
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा