प्रतिभा ‘फुटसल’ को उपाधि स्टेप वाइ स्टेपलाई

खेलकुद

प्रतिभा ‘फुटसल’ को उपाधि स्टेप वाइ स्टेपलाई

Prativa Futsal Pic

पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधि स्टेप वाई स्टेपको टिमले हात पारेको छ । उपाधिसँगै स्टेप वाई स्टेपले २० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी जितेको छ ।

स्टेप वाई स्टेपले टाइ ब्रेकरमा २–१ गोल अन्तरमा टिम–१० लाई पराजित गरेको छ । निर्धारित समय २–२ गोल अन्तरले बराबरी भएपछि खेल टाई ब्रेकरमा जाँदा स्टेप वाई स्टेपले जित हात पारेको हो । उपविजेता टिम–१० ले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको छ ।

‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत प्रतियोगिता आयोजना गरिएको थियो । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फुटसल प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीले बताए । उनका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका २८ वटा टिमले सहभगिता जनाएका थिए ।

एसइइ परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीलाई खेलकुद गतिविधिमा सक्रिय बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको जोशीले बताए । उपाधि विजेता र उपविजेता सहितको टोलीलाई फुटसलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ, विद्यालयका प्राचार्य किरण सापकोटा, प्रतियोगिता संयोजक जोशी सहितका अतिथिले पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

फुटसलका राष्ट्रिय खेलाडी श्रेष्ठले खेलकुदमा रहेको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । ‘फुटसलका यस्ता प्रतियोगिता नयाँ खेलाडी पहिचान गर्ने अवसर हो । बेलैमा उनीहरुको क्षमता पहिचान गर्न सकियो भने त्यसले भविश्यमा अब्बल खेलाडी उत्पादन गर्न सघाउँछ,’ उनले भने, ‘नयाँ खेलाडी उत्पादन गर्नका लागि पनि यस्ता गतिविधि हुन जरुरी छ ।’

विद्यालयका प्राचार्य किरण सापकोटाले फुटसल प्रतियोगिताले युवापुस्तामा खेलको मोह बढाएको बताए । ‘खेलकुदमै भविश्य खोज्नेका लागि यस्ता गतिविधि अवसर पनि हुनसक्छन, खेलाडी पहिचान गर्ने मौका पनि यस्तै प्रतियोगिताले दिलाउँछ,’ उनले भने, ‘फुटसले नयाँ खेलाडी पहिचान र उत्पादनमा पनि योगदान दिएको छ ।’ कतिपय खेलाडीमा खेलकौशल भएपनि अवसर नपाउँदा उनीहरुको प्रतिभा लुक्ने गरेको उनले बताए ।

विद्यालयले ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत गत असार १ देखि विभिन्न खेलकुद तथा रचनात्मक गतिविधिका प्रतियोगिता संचालन गरिरहेको थियो । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि संचालन भएका थिए ।

यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता सकिएका छन । शनिबार वक्तृत्वकला र विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । सापकोटाका अनुसार विद्यालयले खेलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरि २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds