पोखरा । नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले चाैथाे स्थानमा चित्त बुझाउनुपरेको छ ।
हेटौंडामा बुधबार तेस्रो स्थानमा लागि भएको खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित हुँदा चौथो स्थानमा सीमित बनेको हो । पुलिसले गण्डकीलाई २५–२३, २५–१८ र २५–१८ ले पराजित गरेको हो ।
चौथो बनेको गण्डकीले नगद ५१ हजार रुपैयाँ हात पार्यो । गण्डकीकी रिक्जना बोटे प्रतियोगिताकै उदीयमान खेलाडी बनिन् । उनले ट्रफी र नगद ५ हजार पाइन् । तेस्रो बनेको पुलिसले १ लाख प्राप्त गर्यो।
न्यू डायमण्ड च्याम्पियन
फाइनलमा एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यू डायमण्ड स्पोर्टस् क्लब च्याम्पियन बन्यो । न्यू डायमण्डले एपिएफलाई २५–१२, २५–२३ र २५–१८ ले सोझो सेटमा पराजित गरेको हो ।
उपाधि जितेको न्यू डायमण्डले नगद ५ लाख हात पार्यो । उपविजेता बनेको एपिएफले ३ लाखमा चित्त बुझायो ।
उत्कृष्ट सर्भर कोपिला राना पुलिस, उत्कृष्ट लिब्रो न्यु डायमन्ड सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफ गरिमा बोहोरा, उत्कृष्ट सेटर न्यु डायमन्ड प्रगति नाथ, उत्कृष्ट स्पाइकर एपीएफ निरुता ठगुन्ना र बेस्ट प्लेयर डाइमन्डकी सुमित्रा रेग्मी चुनिए ।
नेपाल स्पोर्ट्स क्लबको आयोजनामा भएकाे प्रतियाेगितामा ६ टाेली सहभागी भएका थिए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ