पोखरा । पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ मा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा जारि प्रतियोगितामा शुक्रबार ६ खेल सकिएसँगै लिग चरण सम्पन्न भएको हो । प्रतियोगितामा एपिएफ र आर्मी आ–आफ्नो समूहमा विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् भने आयोजक गण्डकी प्रदेश र कोशी उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरे ।
शुक्रबार समूह ‘ए’ तर्फ भएको खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई १६–२ र बागमती प्रदेशलाई १०–३ गोलअन्तरले हरायो । यस्तै एपिएफले मधेश प्रदेशलाई २२–ले हराएको छ । समूह ‘बि’ तर्फ भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३१–९ र लुम्बिनी प्रदेशलाई १०–२ गोलअन्तरले हराएको छ । त्रिभुवन आर्मीले कर्णालीलाई २२–४ ले हराएको छ । समूह ए बाट एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले ३ खेलमा ३ जितसहित ९ अंक बटुल्दा दोस्रो भएको गण्डकीले ३ खेलमा २ जित १ हारसहित ६ अंक हासिल गर्यो । बागमती ३ खेलमा १ जित २ हारका साथ तेस्रो स्थानमा रहँदा मधेश जित विहिन रह्यो । समूह बि बाट आर्मी ३ खेलमा ३ जितसहित ६ अंकका साथ शिर्षस्थानमा रह्यो । कोशी ३ खेलमा २ जित १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । कर्णाली ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ तेस्रो र लुम्बिनी ३ हारसहित अंकविहिन रहदै पुछारमा रह्यो ।
भोलि सेमीफाइनलमा कोशी प्रदेशले एपिएफको र गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ । सेमीफाइनल सकिएपश्चात फाइनल खेल हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए । प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला