गण्डकी टी- २० क्रीकेट

गण्डकी टी- २० क्रीकेट

कृषाको कप्तानीमा पर्वतको १४ सदस्यीय टोली घोषणा

cricket-parbat

पोखरा । गण्डकी प्रदेश महिला टी २० क्रीकेट प्रतियोगिताका लागि पर्वतको महिला टिम घोषणा गरिएको छ ।

पोखरा रंगशालामा बुधबारबाट (भोलि) हुने प्रतियोगिताका लागि कृषा अखेलीको कप्तानीमा १४ सदस्यीय टोलिको घोषणा गरेको हो ।

टिममा शुसिला भट्टराई, जिबिका क्षेत्री, प्रतिभा खड्का, अनुषा पौडेल, योगिता केसि, रिदिमा पौडेल, रोजिना चापागाईं, ऐनजल अधिकारी, बिपासा, ऐन्जल परियार, गरिमा केसि, जेनिशा शर्मा र दिपिका सापकोटा रहेकी छन । यस्तै टिम कोचमा अजय लामिछाने रहेका छन् ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा हुन लागेको प्रतियोगितामा चार जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा कास्की, पर्वत, स्याङ्जा, नवलपुरको सहभागीता रहेको छ ।

१८ गते पहिलो खेलमा कास्की र स्याङ्जा भिड्दैछन । दोस्रो खेल पर्वतले नवलपुरसंग खेल्ने छ । यस्तै पर्वतले १९ गते स्याङजा र २० गते कास्कीको सामना गर्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ