पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा

पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा

Dumkibas-pool

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ ।

आजबाट २४५ मिटर नयाँ पुल सञ्चालनमा आएको नारायणघाट–बुटवल सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार हिजो कालोपत्रे सकेर आजबाट पुल सञ्चालन भएको हो ।

२०८१ पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो ।

उक्त पुल बाँचिएपछि विनयी खोलाको नयाँ डाइभर्सनबाट सवारी सञ्चालन गरिएको थियो । तर केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्व–पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ