गायिका एलिना चौहानलाई फेसबुकमा गालीगलौज गर्ने एक युवक पक्राउ

गायिका एलिना चौहानलाई फेसबुकमा गालीगलौज गर्ने एक युवक पक्राउ

kunjan

पोखरा । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्दै कमेन्ट गर्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवन घर भई ललितपुरमा बस्दै आएका ३३ वर्षीय गुन्जन राई रहेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले एलिनाले दिएको उजुरीपछि राइलाई ललितपुरको बाँडे गाउँबाट पक्राउ गरेको हो।

पक्राउ परेका राईले ४०/५० वटा नक्कली आईडी तयार गरेर त्यसको दुरुपयोग गरेको खुलेको छ।

ती आईडी पनि बन्द गरिएको प्रहरीले जनाएको छ। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट आजै म्याद थपेर अनुसन्धान गर्ने तयारी गरेको छ।

गायिका चौहानले आफूलाई लान्छना लगाउँदै कमेन्ट गर्ने क्रम नरोकिएपछि साइबर ब्युरोमा उजुरी गरेकी थिइन्। त्यसअघि गायिका चौहानसँगै अर्की गायिका समीक्षा अधिककारीले पनि यसरी गालिगलौज गर्नेको प्रोफाइल र कमेन्ट सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गर्दै आएका थिए।

तर यो क्रम नरोकिएपछि चौहानले ब्युरोमा उजुरी दिन बाध्य भएको बताएकी थिइन्।

यसै विषयमा गायीका चौहान र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेरसमेत कुरा राखेका थिए। गृहमन्त्री लेखकले यो विषयमा गम्भीरतापूर्वक कारबाही अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ