काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
टस हारेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले दिएको ११४ रनको लक्ष्यलाई नेपालले ८ विकेट गुमाएर ३० औँ ओभरमा पार गर्यो। अन्तिम बलमा नेपाली ब्याटर सुभमन खनालले छक्का प्रहार गरेसँगै नेपाल विजयी बनेको हो।
नेपालको जितका लागि जय थापाले ५३ बलमा २४ रन बनाए। सिवांश बजगाईले २० रन बनाए भने प्रसिद्ध जैशीले १७ रन बनाए। अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्। सिंगापुरका कपिस भेनकटरमनले ४ विकेट लिए पनि जितका लागि पर्याप्त भएन। युवान पाण्डेले २ विकेट लिँदा वेदान्स गुप्ता र आकाश तेजाले समान एक। एक विकेट लिए।
त्यसअघि मलेसियाको वांगीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०/५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो।
सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए।
विपिन प्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे। अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे। शुभम खनालले दुई विकेट झारे।
सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे।
कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।
नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।
सम्बन्धित खबर
क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
साफ यू–२० महिला च्याम्पियनसिपमा भूटानलाई ६–१ गोल अन्तरले हराउँदै नेपालको विजयी सुरुवात
क्लबस्तरीय भलिबलः घान्द्रुक र आधिखोला उपाधिका लागि भिड्ने
पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शीर्ष स्थानमा
पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा