पोखरा । स्याङजा जिल्लाले गण्डकी प्रदेश टी– २० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा गर्यो । स्याङजाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेलिन् । उनले २२ बलमा १ चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा अविजित रहिन् । उनले १३ बलमा १ चौका प्रहार गरिन् । ओपनर श्रेया शाह ५, सलिना सेन ६, ज्योत्सनिका मरासिनी ६ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रनमात्रै जोड्न सफल भयो । कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । रचनाले २५ बलमा २ चौका प्रहार गरिन् ।
ओपनर सिर्जना पौडेल ५, विनिता नेपाली, शिखा दवाडी र रिया तामाङ शुन्यमा आउट भए । विनिता सिग्देल २, चन्द्रमाया बराल २ रनमा आउट हुँदा यशोदा भुजेल, सुशिला डिम्टुक पनि शुन्यमै पेभिलियन फर्किए । सोनिमा पुन मगर शुन्यमा नटआउट रहिन् । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । सिमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् ।
स्याङजाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको वुमन अफदी म्याचसँगै उत्कृष्ट बलर समेत घोषित भइन् । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो