धादिङकी १६ वर्षीया किशोरी पोखराबाट ४ दिनदेखि बेपत्ता

धादिङकी १६ वर्षीया किशोरी पोखराबाट ४ दिनदेखि बेपत्ता

Anusa-BK

पोखरा । धादिङकी १६ वर्षीया एक किशोरी विगत चार दिनदेखि पोखराबाट बेपत्ता भएकी छिन्।

धादिङको गंगाजमुना गाउँपालिका–८ घर भइ पोखरा महानगरपालिका–४ बस्दै आएकी १६ वर्षीया अनुषा विक बेपत्ता भएकी हुन्।

प्रहरीका अनुसार अनुषा असार २० गते कोही कसैलाई नसोधी आफूखुसी घरबाट निस्किएर हिँडेकी थिइन् । तर घर नफर्कीएपछि अभिभावकले खोजीको लागि प्रहरीलाई अनुरोध गरेका छन्।

अभिभावकले आफन्त, साथीसङ्गीकोमा खोजतालास गर्दा फेला नपरेको भन्दै प्रहरीले किशोरीको हुलिया सार्वजनिक गरेको छ।

किशोरीलाई कहिँकतै देखेभेटे प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ