काठमाडौंमा होटल खोज्न सहयोग गरिदिने भन्दै पर्यटकहरूलाई लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौंमा होटल खोज्न सहयोग गरिदिने भन्दै पर्यटकहरूलाई लुटपाट गर्ने ३ जना पक्राउ

pakrau

काठमाडौं । काठमाडौंमा होटल खोज्न सहयोग गरिदिने भन्दै भारतीय पर्यटकहरूलाई लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ र २५ वर्षीय किरणकुमार मोक्तान तथा नमोबुद्ध–१ घर भई काठमाडौंको टोखा नगरपालिका–१० श्रृजनाटोल बस्ने २८ वर्षीय नीलकुमार तामाङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका–१६ ठमेलमा भारतीय पर्यटकहरूलाई होटल खोज्न सहयोग गरिदिने भन्दै गोङ्गबु बसपार्क नजिक रहेको ध्रुवतारा कम्प्लेक्सको छैटौँ तलामा लगी कुटपिट तथा लुटपाट गरेका थिए ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं राखिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ