तीन दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यमा समर्पित ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । प्रतिष्ठान कार्यसमितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पूर्व–शिक्षासेवी तथा स्रष्टा चुणामणि अर्याल संरक्षक रहेर स्थापना गरेको एक लाख पचास हजार रुपैयाँ रकमबाट उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर (कुमार) रानाले जानकारी दिए । नेपालको लोक–साहित्य तथा लोक–संस्कृतिमा विशेष योगदान पुर्याएका व्यक्ति छनोट गरी पुरस्कार दिने पनि उनले बताए । पुरस्कारको संरक्षक भने अर्याल आफैँ रहेका छन् ।
अहिलेसम्म प्रतिष्ठानमार्फत साहित्यका विभिन्न विधामा ४ वटा पुरस्कार प्रदान गरिँदै आएको छ ।
नवगठित कार्यसमितिले पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी अध्यक्ष रहेको पुरानो कार्यसमितिलाई विशेष धन्यवाद दिँदै विधान संशोधन, पदाधिकारीको कार्यविभाजन तथा प्रतिष्ठानमार्फत साहित्यिक गतिविधि फराकिलो बनाउने प्रण गरेको छ । प्रतिष्ठानमार्फत दशकौँदेखि प्रकाशन गर्दै आएको साहित्यिक त्रैमासिक पत्रिका ‘रजस्थल’को गुणस्तरीय पक्षलाई मनन गर्दै यसको क्षेत्र विस्तार गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
नवगठित कार्यसमिति अध्यक्षमा रानासहित सदस्यहरू टिकाराम वाग्ले, इन्द्रबहादुर गोदार, ध्रुवबन्धु पौड्याल, लक्ष्मण वियोगी, मिलन समीर, शम्भु अर्याल, वसन्त खनाल, लक्ष्मी काफ्ले, सम्झना थापा मगर र राजेन्द्र श्रेष्ठ रहेका छन् । अध्यक्षबाहेक अन्य सदस्यहरूको कार्यविभाजन गरिएको छैन । छिट्टै प्रतिष्ठानको विधानलाई नयाँ ढाँचामा संशोधन गरी पदाधिकारीको कार्यविभाजन गर्ने रानाले बताए ।
प्रतिष्ठानको नवगठित कार्यसमितिको पहिलो विस्तारित बैठक असार १४ गते वालिङ (मिर्दी) मा बसेको थियो ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस