काठमाडौं । काठमाडौंबाट ४० किलोग्राम लागु औषध गाँजा (पोलेन) र १ लाख २५ हजार नगद सहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ, गजुरी गाउँपालिका ४ घर भएका वर्ष १९ को निराजन चेपाङ, वर्ष १९ को प्रकाश चेपाङ, वर्ष २० को शंकर चेपाङ, सोही ठाउँ घर भइ काठमाडौंको काठमाडौं महानगरपालिका ३ महाराजगञ्ज बस्ने वर्ष ३६ को जिवन प्रजा र काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने वर्ष ३८ को सुमन चेपाङ रहेका छन् ।
बुधबार बिहान ८ बजे काठमाडौं महानगरपालिका ३२ पाल्पाकोट चोक कोटेश्वरमा लागु औषध गाँजा (पोलेन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कोटेश्वर स्थित रहेको एक घरको भुइँ तल्लामा डेरा गरी बस्ने धादिङ, गजुरी ४ का वर्ष ३८ को सुमन चेपाङको डेरा कोठाबाट लुकाई छिपाइ राखेको अवस्थामा लागु औषध फेला पारेको हो ।
प्रहरीले ४० किलोग्राम लागु औषध गाँजा (पोलेन), १ लाख २५ हजार नगद रुपैयाँ नगदसहित बा.५५प.४२६५ को १५० पल्सर मोटरसाइकल, बा.८५प.५२३४ को २२० पल्सर मोटरसाइकल र मोबाइल ३ थान बरामद गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा