पोखरा । पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् ।
पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइलनमा आधिखोला न्यु दिल्लीले एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
आधिखोलाले एपिएफलाई २५–२२, २५–२१ र २६–२४ ले जित निकाल्यो ।
यस्तै दोस्रो सेमिफाइनलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।
घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–२२, २५–२०, १६–२६ र २५–२३ को जित निकाल्यो । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लब तथा भेट्रान्स भलिबलको फाइनल खेल शनिबार हुनेछ ।
शनिबार बिहान क्लबस्तरीय एपिएफ र ढुङ्गे देउरालीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
भेट्रान्सतर्फ पोखरा र युनाइटेड किङ्स भिड्ने
लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लब तथा भेट्रान्स भलिबलको भेट्रान्सतर्फ पोखरा भेट्रान्स र युनाइटेड किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
भेट्रान्सतर्फको पहिलो सेमिफाइनलमा पोखरा भेट्रान्सले शुक्लागण्डकी भेट्रान्सलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो ।
पोखराले शुक्लागण्डकीलाई २५–२१, २०–२५ र तेस्रो तथा निर्णायक सेट २५–१५ ले जित्यो ।
दोस्रो सेमिफाइनलमा युनाइटेड किङ्सले अर्चलबोट भेट्रान्सलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान गर्यो ।
युनाइटेडले अर्चलबोटलाई २५–२१ र २५–१२ ले पराजित गर्यो । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लब तथा भेट्रान्स भलिबल प्रतियोगिता असार २४ देखि सुरु भएको हो ।
प्रतियोगिताको भेट्रान्सतर्फको फाइनल खेल शनिबार १० बजे हुने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो