पोखरा । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले भूटानलाई हराउँदै विजयी सुरुवात गरेको छ ।
बङ्गलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरेनामा शुक्रबार भएको खेलमा नेपालले भूटानलाई को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
नेपालको खेलमा पूर्णिमा राईले ह्याट्रिक गरिन । सेनु परियारले दुई गोल गरिन् । जीतसँगै नेपालले तीन अङ्क जोडेको छ ।
भूटानका लागि केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन् । खेलको नवौं मिनेटमा सेनुले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन । खेलको १८औं मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४५औं मिनेटमा सेनुले दोस्रो र तेस्रो गोल गरिन् ।
नेपालले खेलको पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । त्यसैगरी खेलको ५४औं मिनेटमा भूटानले एक गोल फर्कायो । भूटानका लागि केल्देनले गोल गरिन् ।
खेलको ६३औं मिनेटमा पूर्णिमाले गोल गर्दै नेपालको अग्रता ४–० मा पुर्याइन् । खेलको ८४औं मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन् । खेलको ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६–१ को अवस्थामा ल्याइन् ।
त्यसअघि प्रतियोगिताअन्तर्गत हिजै भएको उद्घाटन खेलमा घरेलु टोली बङ्गलादेशले श्रीलङ्कालाई ९–० को फराकिलो अन्तरले हराएको छ ।
नेपालले अब आइतबार बंगलादेशसँग खेल्नेछ। प्रतियोगितामा चार टोली सहभागी छन् र डबल राउण्ड रोबिनको आधारमा खेल हुनेछ। सबै टोली एक अर्कासँग दुई पटक भिड्नेछन्। अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीलाई च्याम्पियन घोषणा गरिनेछ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ