पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साउन ६ गते नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा चीनको तिब्बत प्रस्थान गर्दैछन्। पर्यटन व्यवसायीहरूले यस भ्रमणलाई गण्डकी प्रदेशको पर्यटन र आर्थिक विकासका लागि ऐतिहासिक अवसर बनाउन आग्रह गरेका छन्।
उनीहरूले कोरला नाकालाई पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि पूर्णरूपमा सञ्चालन गर्न र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा उडान सुरु गराउन विशेष पहल गर्न सुझाव दिएका छन्। केरुङजस्ता नाकाहरू बाढीका कारण बारम्बार अवरुद्ध भइरहेकाले, पोखराबाट सबैभन्दा नजिकको कोरला नाका उपयुक्त विकल्प हुने उनीहरूको भनाइ छ।
पोखरा पर्यटन परिषद्ले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा, मुस्ताङस्थित कोरला नाकामा अब सुरक्षा चुनौती नरहेको र पूर्वाधारमा सुधार भएकाले नाका बन्द गरिरहन कुनै औचित्य नरहेको उल्लेख छ। परिषद् अध्यक्ष तारानाथ पहारीले पोखरालाई ट्रान्जिट बनाएर मुक्तिनाथ, दामोदर कुण्ड हुँदै कैलाश मानसरोवरसम्मको धार्मिक मार्ग खोल्न सके गण्डकीको पर्यटनमा कायापलट आउने विश्वास व्यक्त गरे।
व्यवसायीहरूले पोखरा विमानस्थलको पूर्ण सञ्चालनमा देखिएको ढिलाइ चिर्न उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेको बताए। चीनले मानसरोवरनजिकको अली विमानस्थललाई स्तरोन्नति गरिरहेकाले पोखराबाट त्यहाँ सिधा उडानकाे व्यवस्था गर्न माग गरिएको छ। चीनका प्रमुख सहरहरूसँग सिधा हवाई सम्पर्कले गण्डकी प्रदेशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनीहरूको भनाइ छ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले ‘भिजिट नेपाल २०२५ इन चाइना’ सफल पार्न चिनियाँ सहरहरूमा प्रभावकारी बजारीकरण आवश्यक भएको बताए।
मुख्यमन्त्री पाण्डेले व्यवसायीहरूको सुझावप्रति सकारात्मक प्रतिक्रिया दिँदै भ्रमणका मुख्य चार एजेन्डा रहेको जनाए—कोरला नाका सञ्चालन, पोखरा विमानस्थल सिधा उडान, व्यापार सहजीकरण, र द्विपक्षीय साझेदारी सुदृढीकरण।
“केरुङ र तातोपानीमा समस्या देखिएपछि चीनसँगको पहुँच खुम्चिएको छ,” उनले भने, “कोरला नाका खोल्नु अब आवश्यकता र बाध्यता दुवै हो।” उनले नेपालतर्फ अध्यागमन, भन्सार लगायत पूर्वाधार निर्माणमा चीनको सहयोग पनि माग्ने प्रतिबद्धता जनाए।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ