बिपि स्मृति एमेच्योर फुटसल सुरु, पहिलो दिन १४ खेल सम्पन्न

बिपि स्मृति एमेच्योर फुटसल सुरु, पहिलो दिन १४ खेल सम्पन्न

विजेतालाई एक लाख नगदसहित शिल्ड र मेडल

emajor futsal suru

राष्ट्रिय एकता र मेलमिलापको सन्देश बोकेका युगपुरुष बि.पि. कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा विपि स्मृति एमेच्योर फुटसल प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ ।

नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको आयोजना अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना दिवंगत साथिहरू अनिल गुरुङ, सजत कार्की र उत्तम गुरुङको स्मृतिमा गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुदत्त बरालले “विपि कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको विचार आज खेलकुदमार्फत अघि बढाउन सकिन्छ” भन्दै खेलकुदमा राज्यको लगानी बढाउनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा विजेता टिमले एक लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेताले ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान दुई÷दुई हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए ।

युवाको प्रतिभा उजागर गर्न र स्थानीय-राष्ट्रिय खेलाडीबिच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले पहिलोपटक प्रतियोगिता आयोजना गरिएको अमित र अन्तिमले बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब ३० टिमको सहभागिता रहको छ ।

प्रतियोगिताबाट बचेको रकम तनहुँको भानु नगरपालिका -७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ । हाल बालगृहमा विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आश्रित छन् ।

मुख्य प्रायोजकका रूपमा अमित र अन्तिम गुरुङ रहेका छन् भने प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकी, लोकतान्त्रिक खेलकुद संघ कास्की र नयाँ गाउँ युथ क्लबको सहयोग रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds