श्रीमानको शंकास्पद मृत्युपछि श्रीमती पक्राउ

श्रीमानको शंकास्पद मृत्युपछि श्रीमती पक्राउ

कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप, थप अनुसन्धान जारी

mahila pakrau

स्याङ्जाको वालिङ् नगरपालिका -८ कटेज नमुनाटोलमा वि.सं. २०८० साल वैशाख २२ गते भएको ४९ वर्षीय खुमानन्द लामिछानेको मृत्यु प्रकरणमा नयाँ मोड आएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको श्रीमती रञ्जिता लामिछानेको संलग्नता देखिएपछि जिल्ला अदालत स्याङ्जाबाट पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जीका आधारमा २०८२ साल साउन ८ गते वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले उनलाई वालिङ् -८ स्थित वालिङमोडबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

हाल रञ्जिता लामिछानेलाई कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रहरीले घटनाको गम्भीरता हेरेर अनुसन्धानलाई अझ सघन बनाएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds