पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण  

पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण  

danta

पोखरा १५ मा जारी निःशुल्क दन्त शिविरको दोस्रो दिन १५० जनाले सेवा लिएका छन्।  पोखरा कम्युनिटी सेन्टरको आयोजना तथा वडा कार्यालय १५ को समन्वयमा आयोजित   शिविरमा शुक्रवार १५० जनाले सेवा लिएको कम्युनिटी सेन्टर पोखराले जानकारी दिएको छ।

शिविरमा अमेरिकाको क्रिकल्याण्ड कर्नरस्टोन डेन्टल बाट आएका डा. से जिन एनको १५ चिकित्सकीय टोलीले अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण गरिरहेको छ ।

शिविरलाई वडा कार्यालय १५ का जनप्रतिनिधि र कम्युनिटी सेन्टरका प्रतिनिधिले सहजीकरण गरिरहेका छन्।

शुक्रवारको शिविरमा युवायुवतीदेखि वृद्ध वृद्धा सम्मको भीड लागेको छ। विशेषज्ञहरू द्वारा अत्याधुनिक मेसिनबाट निःशुल्क दन्त शिविर सञ्चालन भएको थाहा पाएर परीक्षणका लागि आएको अधिकांशले सुनाए।

चार दिनको शिविर भनिए पनि भोली शनिवार परेकाले आगामी शिविर आइतबार सानीपाटन स्थित कम्युनिटी सेन्टरको भवनमा सञ्चालन हुनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ