गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले

गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले

gunja bus

पोखरा महानगरपालिका वडा नं. ३३ मालागिरीका ७० वर्षीय गुञ्जबहादुर विकको बस चढेको केही समयमै मृत्यु भएको  छ।

सोमबार गगनगौंडाबाट उनी बन्केवाचोकका लागि बस चढेका थिए । विक सिटमै ढलेपछि पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दुलेगौँडामा बसबाट झारिएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनको मृत्यु भइसकेको थियो ।

प्रहरी बोलाएर उनलाई  जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

उनी तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए ।

बसमा केही पटक बान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् । त्यसपछि उनी ढलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ