फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई

नेपाल सरकारको निर्णय प्रभावः

फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई

social site psg

सरकारले नेपालमा आधिकारिक दर्ता नभइ सामाजिक सञ्जाल सञ्चालन नगर्ने निर्णय गरेपछि मेटाले नेपाल सरकारसँग सम्पर्क गरेको छ ।

मेटा फेसबुक, इन्स्टा, ह्वाट्सअप सञ्चालन गर्ने कम्पनी हो ।

मेटाले सरकारसँग दर्ता प्रक्रियाबारे सोधपुछ गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलका अनुसार दर्ता प्रक्रियामा आउन विवरण मागेको छ ।

उनले भने, ‘मेटाले नेपालमा दर्ता हुन के के गर्नुपर्छ, दर्ता प्रक्रियाको प्रावधान के छ भनेर विवरण मागेको छ ।’

उनले मेटाले मागेको विवरण आफूहरूले उपलब्ध गराउने बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ