जिल्ला प्रशासन कार्यालय स्याङ्जाले हिजो दिउँसोदेखि लागू गरिएको कर्फ्यू आज बिहान ६ बजेदेखि हटाएको छ । कर्फ्यू हटेसङ्गै स्याङ्जा क्रमशः सामान्य बन्दै गएको छ । आज बिहानदेखि जिल्लाभरका पसलहरू पूर्णरुपमा खुलेका छन् भने निजी सवारीसाधन पनि चल्न थालेका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा भदौ २३ र २४ गते राष्ट्रव्यापी रुपमा जेन-जेड समूहले गरेको आन्दोलनको प्रभाव स्याङ्जामा समेत परेपछि बुधबार दिउँसोदेखि कर्फ्यू जारी गरिएको थियो ।
कर्फ्यू पुनः लगाउने वा नलगाउनेबारे अवस्था हेरेर निर्णय गरिने प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनले भने, “जिल्लाको अवस्था सामान्य हुँदै गएको छ । आज दिनभर उच्च सतर्कता अपनाइनेछ, त्यसपछि आवश्यकता अनुसारको निर्णय लिइनेछ ।”
नेपाल आर्मी पनि जिल्लामा हुने संकास्पद गतिविधि नियन्त्रणमा सक्रिय हुने प्रजिअ अर्यालको भनाइ छ । तर देशभर निषेधाज्ञा जारी भएकाले सभा–जुलुस तथा भीडभाडमा भने कडा प्रतिबन्ध कायम रहने उनले स्पष्ट पारे ।
यसैबीच, स्वास्थ्य, खानेपानी लगायतका अत्यावश्यक सेवामा भने कुनै अवरोध नआएको प्रशासनले जनाएको छ । सेवा प्रवाहमा समस्या परे तत्काल जिल्ला प्रशासनसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ