काठमाडौं : यूएईमा हुने नेपाल र वेष्टइन्डिजबिचको खेलका लागि नेपाली खेलाडीले भिसा पाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै नेपाली खेलाडीले भिसा पाएको जानकारी गराएको हो।
नेपाली क्रिकेट टिम सोमबार यूएई जाने समेत क्यानले जनाएको छ।
यही असोज ११, १३ र १४ गते यूएईमा हुने खेलका लागि क्यानले बिहीबार नेपाली टोलीको बिदाइ गरेको थियो।
यसअघि नेपालले २०२४ को अप्रिलमा वेष्टइन्डिज ‘ए’सँग ५ खेल सम्मेलित सिरिज खेलेको थियो। जसमा नेपालले ३–२ ले सिरिज गुमाएको थियो।
वेष्टइन्डिजसँग खेल्ने नेपाली टोली:
रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह ऐरी(उपकप्तान), आसिफ शेख( विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, सन्दीप लामिछाने, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी,नन्दन यादव, गुल्सन झा, ललित नारायण राजवंशी, सोमपाल कामी र साहब आलम
नेपालसँग सिरिज खेल्ने वेस्टइन्डिजको टोली:
अकील होसिन (कप्तान), फाबियन एलन, ज्वेल एन्ड्र्यु, अकीम अगस्टे, नविन बिडाइसी, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याक्कॉय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह