काठमाडौँ — यो प्रदर्शन ‘जेनेरेसन जी’ युवा समूहले आयोजना गरेका हुन् । उनीहरूले संगठित अपराध, सार्वजनिक पदमा भइरहेको भ्रष्टाचार र हालै लागू गरिएको पेन्सन कोषसम्बन्धी कानुनी व्यवस्थाविरुद्ध आवाज उठाएका हुन् ।
‘हाम्रो देशको लोकतन्त्र पहिलेभन्दा झन् कमजोर बनेको छ,’ एक प्रदर्शनकारी ग्लाडिस भन्छिन्, ‘डर-त्रास र असुलीका कारण अवस्था बिग्रिँदै गएको छ ।’
सहरको केन्द्र भागमा करिब ५ सयजना भेला भएका थिए । प्रहरीको बाक्लो उपस्थितिबीच उनीहरू कार्यपालिका र संसद् भवनतर्फ अघि बढ्न खोज्दा झडप भएको हो । प्रदर्शनमा सहभागी सेलेने अमासिफुएनले भनिन्, ‘संसद्को कुनै विश्वसनीयता छैन। यसले जनताको समर्थन गुमाइसकेको छ । यसले देशलाई नै विनाशतिर धकेलेको छ ।’
स्थानिय रेडियो स्टेसन ‘एक्सितोसा’का एक पत्रकार र क्यामेराम्यान प्रहरीको छर्राबाट घाइते भएका छन् भने प्रहरीका कम्तीमा तीनजना अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।
राष्ट्रपति डिना बोलुआर्तेको लोकप्रियता स्वाट्टै घटेको छ, उनको कार्याकाल आगामी वर्ष समाप्त हुँदै छ । अपराध र असुलीका घटनाहरू बढ्दै जाँदा जनता असन्तुष्ट बनेका छन् । उनीहरूले सरकार र दक्षिणपन्थी बहुमत रहेको संसद्लाई भ्रष्ट निकायका रूपमा लिने गरेका छन् ।
यसै हप्ता मात्र संसद्ले एउटा विवादास्पद कानुन पारित गरेको थियो । त्यसमा युवाहरूलाई निजी पेन्सन कोषमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने व्यवस्था गरेको छ । यसलाई बेरोजगार र अस्थायी रोजगारीमा रहेका युवाहरूले अस्वीकार गरेका छन् ।
नेपालमा जस्तै पेरुमा पनि जेन जी पुस्ताले व्यवस्था र अन्यायविरुद्ध सडकमा उत्रिँदै सरकारलाई चुनौती दिइरहेको देखिएको छ । अन्तर्राष्ट्रिय मिडियाहरूले नेपालपछि पेरुमा जेन-जी प्रदर्शनी शुरु भएको भन्दै समाचार सार्वजनिक गरेका छन् ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’