काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको युद्धविराम योजनाका बारेमा हमासले छलफल गर्न तयार रहेको जनाएको छ।
अलजजिराका अनुसार इजरायलको लगभग दुई वर्ष लामो युद्धमा ट्रम्पले प्रस्तुत गरेका २० बुँदे शान्ति सम्झौताको धेरै मुद्दाहरू स्वीकार गरेको, तर केही प्रस्तावका सुधार गर्न थप वार्ता चाहेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्रम्पले प्रस्तावको जवाफ दिन आइतबारसम्मको समय दिएको केही घण्टापछि सशस्त्र समूहले शुक्रबार ट्रम्पको २०-बुँदे युद्ध रोक्ने योजनाको प्रतिक्रिया दिएको हो।
हमासले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमतिका केही बुँदामा संशोधन आवश्यक तर्क गरेको छ। हमासले शुक्रबार राति घोषणा गरेअनुसार, उनीहरूले ट्रम्पको योजना अनुसार सबैतिरका बन्दीहरू (जीवित वा मृत) अवस्थामा रिहा गर्न तयार छन् । साथै गाजाको प्रशासन छोड्न पनि तयार भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपतिले हमासलाई शान्ति योजना स्वीकार गर्न वा “सबै नरक” को सामना गर्न आइतबारको समयसीमा दिएको केही घण्टापछि घोषणाहरू आएका हुन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल ट्रम्पको योजनाको पहिलो चरण तुरुन्तै कार्यान्वयन गर्ने तयारी गरिरहेको बताएका छन्। इजरायल रक्षा बलले जारी गरेको विज्ञप्तिमा गाजामा सैन्य गतिविधि घटाउने विशेष योजनाहरूको उल्लेख गरिएको छैन, तर आवश्यक परेमा फेरि लड्न तयार रहन सेनालाई आह्वान गरिएको छ।
युद्धविराम लागू भए नेपालका विपीन कार्की पनि ७२ घण्टाभित्र रिहा हुने सम्भावना रहेको छ। हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । हमासले सार्वजनिक गरेको ‘बिदाइ सूची’ मा विपिनको पनि तस्बिर समावेश गरिएको थियो । बदलामा २ हजारभन्दा बढी प्यालेस्टिनी सुरक्षा कैदीहरू र मारिएका गाजाबासीको शव फिर्ता गरिने दाबी गरिएको छ ।
आज बिहान ट्रम्पले सामाजिक सञ्जालमा गरेको एउटा पोस्टमा भनिएको छ,’इजरायलले गाजामा तुरुन्तै बमबारी रोक्नुपर्छ, ताकि हामी बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सकौं।’
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर