विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी स्याङ्जाको भीरकोट नगरपालिका स्थित दहथुम माध्यमिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ सम्पन्न भएको छ । ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग असोज २२ गते बुधबार अनौपचारिक सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया सम्पन्न गरिएको हो ।
कवि/साहित्यकार मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झण्डै दुई दशक लामो पत्रकारिताको सिकाइ, ऊर्जा पत्रकारिता तथा पर्यावरणीय लेखन एवम् सिर्जनाका विविध पाटाहरूका बारेमा आफ्ना अनुभव सुनाएका थिए । सिर्जना एवम् सिकाइका लागि खुला र स्वतन्त्र पारिवारिक तथा सामाजिक परिवेश अपरिहार्य रहेको भन्दै उनले त्यस्तो सामाजिक संरचनामा विद्यार्थीको सिर्जनशीलताको प्रचुर विकास हुन सक्ने बताए ।
गत जेठमा मात्र वियोगीको १५ वटा कथा सङ्ग्रहीत ‘सत्यम्’ कथासङ्ग्रह बजारमा आएको छ । उनले पत्रकारितासँगै निबन्ध, नियात्रा, संस्मरण, गीत तथा कवितामा समेत कमल चलाउँदै आएका छन् ।
कार्यक्रममा विद्यालयका शिक्षक शेषकान्त खनालले स्वागत मन्तव्य राखेका थिए भने सहायक प्रधानाध्यापक टोलप्रसाद रेग्मीले साहित्यकारसँग हुने यस्ता परामर्श एवम् अनौपचारिक छलफलले विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो हुने बताए । यस्तै, कार्यक्रममा शिक्षकहरू भूपेन कोइराला तथा बाबुराम बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गिण विकासलाई मनन् गर्दै आगामी दिनमा विद्यालयले यस्ता अनौपचारिक कार्यक्रमलाई निरन्तरता दिने बताए ।
यसैगरी, कार्यक्रममा मौन आवाज निबन्धकृति र सेतो सुनखानीबाबु कविता कृतिका सर्जक एवम् साहित्यकार शम्भु अर्यालले आफ्ना केही सिर्जना वाचन गरेका थिए । सहजकर्ताको भूमिकासँगै कवि मिलनले आफ्ना सिर्जना वाचन गरेका थिए । अन्तरक्रियामा करिब दुई दर्जन विद्यार्थीको सहभागिता थियो ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस