पोखरा । जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक कात्तिक २४ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
सभामुख कृष्णप्रसाद धितालले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनस्थित हललाई अस्थायी प्रदेशसभा भवनका रूपमा प्रयोग गर्ने गरी बैठक आह्वान गरेका हुन् ।
भदौ २४ गतेको आगजनीबाट प्रदेशसभा र सचिवालयका भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । जेनजी आन्दोलनले निम्त्याएको यो क्षतिले गण्डकी प्रदेशको विधायिकी प्रक्रियामा ठूलो असर पारेको छ । यसअघि असोज १८ गते सभामुख धितालले सूचना जारी गरेर असोज २२ गतेका लागि बैठक आह्वान गरे पनि अन्तिम समयमा पुनः स्थगित हुन पुगेको थियो ।

जेनजी आन्दोलनले गण्डकी प्रदेशमा विशेषगरी युवा पुस्ताको असन्तुष्टि र आक्रोशलाई उजागर गरेको थियो । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सरकारी सम्पत्तिमा ठूलो क्षति पु¥याउनुका साथै प्रदेशको समग्र प्रशासनिक कार्यमा अवरोध सिर्जना गरेको थियो । प्रदेश सरकारका अन्य कार्यालयहरूले सरसफाइ र मर्मत गरी काम थाले पनि प्रदेशसभाका भवनहरू भने तत्काल प्रयोगमा आउने अवस्थामा छैनन् ।
प्रदेशसभाका सचिव गोविन्द पौडेलले संसद बैठकका लागि आन्तरिक व्यवस्थापन सकिएको जानकारी दिए । यो बैठकमा विशेषगरी जेनजी आन्दोलनपछि प्रदेशमा उत्पन्न परिस्थितिको समीक्षा, क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका बारेमा छलफल हुनेछ । यसअघि दर्ता भएका महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित गरिने सचिव पौडेलले बताए । २३ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची तयार गरिने छ । सचिव पौडेलाका अनुसार ४ दिनजति बैठक सञ्चालन गरी अधिवेशन अन्त्य हुने छ ।
गण्डकी प्रदेशसभामा अहिले खानी तथा खनिजसम्बन्धी विधेयक र गण्डकी विश्वविद्यालय ऐनको संशोधन विधेयक विचाराधीन अवस्थामा छन् । यसका साथै, सरकारले औषधीय उपयोगका लागि गाँजा खेतीसम्बन्धी विधेयक पनि सदनमा दर्ता गराएको छ, जुन विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा व्यापक चासो पाइरहेको छ । यो विधेयकले प्रदेशको आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने सम्भावना छ ।
सम्बन्धित खबर
‘केपी ओलीले महत्व नदिएको भए रंगशाला बन्ने थिएन, यो परियोजना महिनौं र वर्षौंसम्म लाग्ने थियो: क्यान अध्यक्ष चन्द
पारसले युवालाई गराए सचेतः एनपीएल विश्वभरीबाट हेरिन्छ, कुनै पनि खालको घुसपैठ र नराम्रो घटनाले देशको ईज्जतमा ठूलो असर पुग्छ
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
अब व्यक्तिगत घटना दर्तामा एक पटकलाई विवरण सच्याउन पाइने
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट