पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ती दोपरे हर्राबोट क्षेत्रमा आगामी विहिबार सुन्तला महोत्सव हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा पोखरामा यही पुस १० गते (बिहीबार) हुने सुन्तला महोत्सवको तयारी तिव्र पारिएको पोखरा २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदीले बताए ।
वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएको छ । महोत्सवको उद्घाटन पूर्व अवसरमा झ्याँकी सहितको ¥याली हुने भएको छ भने त्यसैगरी सुन्तला ग्रेडिङ गर्ने सुन्तला खाने प्रतियोगिता र बढी सुन्ताला उत्पादन गर्ने कृषकलाई सम्मान गरिने भएको छ ।
पोखराको सुन्तलाको पकेट क्षेत्र मानिएको पोखरा २१ कृषि क्षेत्रको सुन्तलाको प्रवद्र्धन गर्न पहिलो पटक सुन्तला महोत्सव हुने तयारी भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए । पोखरामा उत्पादन हुने सुन्तला मध्ये करिब ५०% जसो सुन्तला उत्पादन हुने पकड क्षेत्र कृषि भएको उनले दाबी गरे ।
सुन्तला महोत्सवमा सुन्तलाको पहाड बनाउने साथै स्थानीय स्तरमा उत्पादन भएका फलफुल तरकारी महको समेत बिक्री वितरण र प्रदर्शन हुने भएको छ । सुन्तलाको पहाड बनाई ग्रेडिङ गर्ने र ग्रेडिङ गरेका सुन्तला प्रति केजी १०० रुपैयाँमा बिक्री हुने तयारी गरिएको समेत कडरियाले बताए ।
पोखरा २१ कृषि क्षेत्रमा करिब १ हजार ५ सय देखि २ हजार टन सुन्तला उत्पादन हुने गरेको उहाँले उल्लेख गर्नुभयो। पछिल्लो केही बर्ष देखि सुन्तलाको वोटमा सिट्रस ग्रिनिङ रोगका कारण धेरै क्षेत्रमा सुन्तला माँसिदै गएको हो ।
सम्बन्धित खबर
पोखराको कृष्तिमा पुस १० मा सुन्तला महोत्सवको तयारी
फेदीखोलामा पाँचौ कृषि मेला सम्पन्न, ८५ कृषक पुरस्कृत
स्याङ्जामा उन्नत नश्लका पाडी–बाच्छी पालनमा प्रोत्साहन: कृषकलाई ५० हजारसम्म सहयोग
पकेट क्षेत्रमा आलु उत्पादन घट्यो
बागलुङमा व्यावसायिक स्याउखेती
स्याङ्जा बन्दै मकै बिउको ‘पावर हाउस’, एकै वर्षमा तीन करोडभन्दा बढीको उत्पादन
यो पनि पढौँ
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गर्दै
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ