नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब गुइँठा बाल्ने नभई पाइपलाइन मार्फत घर-घरमा ग्यास पुर्याउने योजनामा अघि बढ्नुपर्ने बताएका छन्।
सोमबार झापा-५ मा आफ्ना मतदाताहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहप्रति लक्षित गर्दै सामाजिक सञ्जालको भ्रम र ‘फेसन’ को पछि नलाग्न मतदातालाई आग्रह गरे।
‘सही कुरा गर्ने, सही काम गर्ने र सही पार्टी छान्ने काम गर्नुपर्दछ,’ अध्यक्ष ओलीले भने, ‘फेसन जस्तो लहलहैमा हामी कुद्नु हुँदैन। उनीहरूले भ्रम फिजाउँछन्।’
विगतमा आफूले अघि सारेका योजनाहरूको आलोचना गर्नेहरूप्रति टिप्पणी गर्दै ओलीले गरिबी र पछौटेपनलाई संस्कृतिका रूपमा व्याख्या गर्न नहुने बताए।
‘अहिले पनि बिजुली बाल्नुपर्ने ठाउँमा हामी गुइँठा बाल्ने स्थितिमा छौं। हामी गुइँठा बाल्नेबाट विकास गरेर बिजुली बाल्ने ठाउँमा पुग्नुपर्यो,’ उनले भने।
अभाव र गरिबीलाई संस्कृति भन्न नमिल्ने तर्क गर्दै उनले थपे, ‘जाडोमा न्यानो कपडा नलगाउनु पनि संस्कृति हुन्छ ? परालको छाप्रोमा बस्नु संस्कृति हुन्छ ? त्यो संस्कृति होइन, गरिबी हो, पछौटेपन हो। हामीले संस्कृति जोगाउनुपर्छ, तर गरिबी हटाउनुपर्छ।’
अध्यक्ष ओलीले नेपालमै ग्यास खानी रहेको सुनाउँदै अब सिलिन्डर बोक्ने नभई पाइपबाट भान्सामा ग्यास पुर्याउने समय आएको जिकिर गरे।
‘विदेशबाट ल्याएको ग्यास होइन, नेपालमै ग्यास निस्किँदै छ। त्यो ग्यास निकाल्नुपर्छ र पाइपबाट घर-घरमा पुर्याउन सकिन्छ,’ उनले भने।
ओलीले मतदातालाई विकास र समृद्धिको पक्षमा उभिन अपिल गरे।
सम्बन्धित खबर
अब गुइँठा होइन, पाइपलाइनबाटै घर-घरमा ग्यास बाल्ने हो: ओली
दुर्गमलाई प्राथमिकता दिँदै माघ २८ देखि मतपत्र ढुवानी गरिँदै
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !
उम्मेदवारले भारतीय नम्बर प्लेटको सवारीसाधन प्रयोग गर्न नपाइने
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
वरिष्ठ कलाकार सुनिल थापाको निधन
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
विश्वकपमा नेपालका खेलहरू पोखरामा बिग स्क्रिनमा लाइभ हेर्न पाइने
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार