आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक पर्ने समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जनक शिक्षा सामग्री केन्द्र प्रालिले जनाएको छ।
निर्वाचन आयोगले जनकलाई यस पटकको निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताका लागि कुल मतपत्र ४ करोड ११ लाख थान छपाइ कार्यको जिम्मेवारी दिएको थियो। जनकका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जनकले सोमबारसम्म समानुपातिक तर्फका आवश्यक पर्ने २ करोड ८ लाख थान मतपत्र पूर्ण रूपमा छपाइ कार्य सम्पन्न गरी ढुवानीको तयारी गरिरहेको बताए।
‘समानुपातिकतर्फको छपाइ कार्य समपन्न भएको छ। अब माघ २८ गतेदेखि दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर ढुवानीको कार्य सुरु गर्ने कार्यतलिका छ,’ प्रबन्ध निर्देशक पौडेलले भने, ‘जनक र निर्वाचन आयोगबिच समन्वय र सहकार्य गरी ढुवानीका लागि हेलिकप्टर र गाडी दुवै प्रयोग गरिने छ।’ उनले थपे, ‘प्रत्यक्ष निर्वाचन तर्फका लागि कुल २ करोड ३ लाखमध्ये १ करोड २५ लाख थान छपाइ कार्य सम्पन्न भएको छ। बाँकी रहेको ८३ लाख थान पनि एक साताभित्र सम्पन्न गर्ने जनकको तयारी छ।’
मतपत्र छपाइबाट जनकले २४ करोड रुपैयाँ बराबरको कारोबार गर्ने जनकका प्रबन्ध निर्देशक पौडेलले बताए। जनकले नेपाली सेनाको सुरक्षा घेरामा दैनिक १५ लाख थान मतपत्र छपाइ कार्य गरिरहेको बताउँदै उनले मतपत्र छपाइ कार्यका लागि जनकका ३ सय कर्मचारीले चार वटा छपाइ मेसिनमा १५० जना नेपाली सेनाको सुरक्षा घेरामा छपाइ कार्य गरिरहेको उनले बताए।
‘मतपत्र छपाइ निकै संवेदनशील कार्य हो। यस कारण छपाइ र ढुवानी कार्य निकै संवेदनशीलतापूर्वक जनकले गर्छ,’ प्रवबन्ध निर्देशक पौडेलले भने, ‘मतपत्र जिल्लाको मतदाताको संख्याको आधारमा प्याकेजिङ गरी पठाउने हो।’ उनले जोड दिए, ‘जिल्लाको सुरक्षाकर्मीको रोहवरमा मतदान केन्द्रका मतदान अधिकृतले मात्र उक्त मतपत्रको प्याकेज खोल्ने हो।’
फागुन मसान्तभित्र जनकले १ करोड ७० लाख थान विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पनि समानान्तर रूपमा पूरा गरिरहेको उनको दाबी छ। ‘विद्यालय तहको पाठ्यपुस्तक मध्ये १० प्रतिशत छपाइ कार्य मात्र बाँकी छ,’ उनले भने, ‘फागुन मसान्तभित्र पाठ्यपुस्तकको छपाइ कार्य सम्पन्न हुन्छ।’
यसका साथै जनक शिक्षाले पछिल्लो समय सरकारी काम पाउन थालेको छ। सरकारले समेत विश्वास गरेकै कारण जनक सक्षम बन्दै गएको उनको भनाइ छ। ‘गत साता प्रधानमन्त्री सुशीला कार्कीज्यु पनि जनकमा निरीक्षण गरी समयमै मतपत्र छपाइ कार्य सम्पन्न गरेकोमा धन्यवाद दिनु भयो,’ उनले भने, ‘एसइई, सिभिइभिटी, मेडिकल आयोगको प्रश्नपत्रलगायत सबै तहसम्मको प्रश्नपत्र छपाइ र त्यसको संवेदनशीलता कायम गर्दै आएको छ। हाल जनकले नेपाल टेलिकमको ५ करोड थान रिचार्ज कार्ड छपाइको समेत काम गरिरहेको छ।’ उनले थपे, ‘हाल मासिक ५० लाख थान रिचार्ज कार्ड छपाइ कार्य भइरहेको छ।’ नागरिकमा समाचार छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं फेरि पक्राउ
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस