भदौ २३ र २४ को घटना जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक

भदौ २३ र २४ को घटना जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय

new cabinet

काठमाडौं : भदौ २३ र २४ को घटना सम्बन्धमा बनेको जाँचबुझ आयोगको म्याद थप भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने निर्णय गरेको हो।

अन्तिम प्रतिवेदन तयार नभएपछि आयोगले सरकारलाई म्याद थप्न आग्रह गरेको थियो। यसअघि पनि आयोगको म्याद थपिँदै आएको छ।

त्यस्तै, सरकारले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गर्ने र नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds