नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बनाउने काम एक जनाबाट मात्र सम्भव नभएकाले सबैलाई मिलाएर लैजाने बताएका छन्।
सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बुधबार साँझ जिल्लाको धन्कौलमा आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उनले आफू मधेसबाट देश जोड्ने सन्देश दिने उद्देश्यसहित यहाँ आएको भन्दै मतदाताको विश्वास जितेर काम गर्ने बताएका हुन्।
सभापति थापाले भने, ‘देश एक्लैले बनाउने होइन। यो सामूहिक प्रयास र संकल्पबाट मात्रै सम्भव हुन्छ। एउटा व्यक्तिले देश बनाउने भए पहिले नै राजा महाराजाले बनाइसक्ने थिए। यसर्थ देशमा रहेका सबै दललाई मिलाएर परिवर्तनका लागि हातेमालो गर्नुछ। त्यसको भूमिका मेरो पार्टी र मैले पूरा गर्नेछु।’
उनले आफू निर्वाचन क्षेत्र नपाएर सर्लाही नआएको भन्दै उनले काठमाडौँ क्षेत्र नं ४ जस्तो आफ्नो बलियो जनाधार रहेको सजिलो क्षेत्र छाडेर आएको बताए। ‘मलाई अझ बढी मधेस बुझ्नु छ। यहाँको पीडा बुझ्नु छ। यहाँका समस्याबारे धेरै कुरा उठिसकेका छन्, म समाधान गर्छु भनेर आएको हुँ’, सभापति थापाले भने।
आफ्नो पार्टीले विश्वास गरेर प्रधानमन्त्रीमा अगाडि सारेको उल्लेख गर्दै उनले अब देशभरबाट पार्टीलाई सहयोग गरेर त्यसमा समर्थन प्राप्त हुनेमा विश्वस्त रहेको बताए। प्रधानमन्त्रीको जिम्मेवारी नपाए पनि आफूले सर्लाही क्षेत्र नं ४ को विकासमा प्रतिबद्ध भएर काम गर्ने उनको भनाइ थियो।
‘मलाई कसैले नेता वा माननीयका रूपमा हेर्नुपर्ने छैन। यहाँहरूले मलाई आफ्नै दाइ, भाइ वा छोरा, साथी भनेर बुझिदिनु हुन्छ। म पाँच वर्षका लागि यहाँहरूको परिवारको सदस्य हुन आएको छु’, सभापति थापाले भने, ‘समस्या समाधानका लागि सर्लाही–४ र काठमाडौँ दुवै ठाउँमा कार्यालय सञ्चालन गर्नेछु, अहिले मैले मत मागे जसरी पछि यहाँका नागरिकले मसँग हक माग्ने हो।’ रासस
सम्बन्धित खबर
एउटा व्यक्तिले देश बनाउने भए पहिले नै राजा महाराजाले बनाइसक्ने थिए: गगन थापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
संसद विघटनविरुद्ध मुद्दामा सर्वोच्चले तोक्यो फागुन ८ गतेलाई साधारण तारेख
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग रोक्न सर्वोच्चको अन्तरिम आदेश
रामेछापस्थित तामाकोसीमा बस दुर्घटनाः मृत्यु भएकामध्ये ११ जनाको सनाखत [विवरणसहित]
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ