पोखरा । बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न ‘नवौं विरेन स्मृति’ एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि लामागाउँ गुम्बाले जितेको छ ।
पोखरा टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा रामघाट एफसीलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै लामागाउँले उपाधि जितेको हो ।
लामागाउँलाई उपाधि दिलाउन संगम ठकुरीले निर्णायक गोल गरे । यो जीतसँगै लामागाउँ बिटी कपमा दोस्रो पटक च्याम्यिन बनेको हो ।
क्लबका निवर्तमान अध्यक्ष असिम थापाका अनुसार यसअघि सातौं विरेन स्मृति तथा १७ औं बिटी कपमा पनि फाइनलमै रामघाटलाई हराउँदै लामागाउँ गुम्बा च्याम्पियन बनेको थियो । त्यसको बद्ला लिने अवसर पाएको रामघाट यो वर्षपनि लामागाउँसँग स्तब्ध बन्यो ।
उपाधि जितेको लामागाउँले नगद रु २ लाख २ सय २२ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको रामघाटले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्याे ।

कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट लामागाउँका सरोज तितुङ सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै साइकल प्राप्त गरे ।
उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै रतन हिताङ, उत्कृष्ट डिफेण्डरका रुपमा लामागाउँकै संगम ठकुरी घोषित भए ।
यसैगरी उत्कृष्ट मिडफिल्डरका रुपमा रामघाटका सुदेश गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा फायर पिज्जाका मनिष ठकुरी ट्रफीसहित जनही नगद रु ८/८ हजार प्राप्त गरे ।
सो प्रतियोगिताबाट अनुशासित टिमका रुपमा फायर पिज्जा नगद रु १० हजारसहित पुरस्कृत बन्यो ।
विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका क्याप्टेन रक्षबहादुर गुरुङ, क्लबका सल्लाहकारहरु, पुरस्कारदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
विश्वकपमा नेपालका खेलहरू पोखरामा बिग स्क्रिनमा लाइभ हेर्न पाइने
प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड खेल्ने
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा