जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

Permission is mandatory before holding processions and public meetings

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन स्याङ्जा प्रशासनले आग्रह गरेको छ । निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताअनुसार चुनावी प्रचारप्रसार कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आह्वान गरेको हो ।

आयोगले निर्वाचनका लागि फागुन ४ गते, अर्थात् आजबाट जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाइने जनाइएको छ । यद्यपि, दल तथा उम्मेदवारले यसअघि नै प्रचारप्रसार थालिसकेका छन् ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आइतबार सूचना जारी गर्दै राजनीतिक दल, उम्मेदवार र भातृ संगठनहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ । विशेषगरी सार्वजनिक स्थलमा कुनै पनि प्रकारको जुलुस वा सभा आयोजना गर्नुभन्दा कम्तीमा २४ घण्टा अगावै मिति, समय, मार्ग र स्थान खुलाएर जानकारी गराइ अनुमति लिन सूचनामार्फत् आग्रह गरिएको छ ।

अनुमतिका लागि दल वा उम्मेदवारका अख्तियारप्राप्त प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय स्याङजामा निवेदन दिन सक्ने जनाइएको छ । साथै कार्यालयको इमेल ठेगानामार्फत पनि निवेदन दर्ता गर्न सकिने स्याङ्जा प्रशासनले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ