उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई नाराले होइन-दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक भएकाे बताएका छन् । सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै उनले यस्ताे बताएका हुन् ।
आयाेजनाहरू समयमै कार्यान्वयन नहुँदा विकास निर्माणकाे कामले गति लिन नसकेकाे र जनताको आशा बारम्बार निराशामा बदलिँदै गएको उनले बताए । उनले लेखेका छन्, ‘हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो । आज पनि एउटा पुल बनाउन १५ वर्ष लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय गर्न नसक्ने प्रणालीले विकासलाई रोकिरहेको छ । यही कारण बजेट खर्च हुन सकेको छैन, विकास सुस्त छ र जनताको आशा बारम्बार निराशामा बदलिँदै गएको छ ।’
हामीले १८ घण्टासम्मको लोडसेडिङको अँध्यारो पनि देख्यौँ । तर साहसी निर्णय र दृढ नेतृत्वले त्यो अँध्यारोलाई चिरेर उज्यालो सम्भव छ भन्ने प्रमाणित गर्यौँ । करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत पुगेको अवस्थाबाट ९९ प्रतिशतसम्म विद्युत पुर्याउने काम भयो। नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत आयातकर्ताबाट निर्यातकर्ता बन्न सक्ने आत्मविश्वास दिलायौँ। त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा छोटो समयमै बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने, बाढीले क्षति पुर्याएका सडक पुनः सञ्चालन गर्ने तथा वर्षौँदेखि अलपत्र परेका विकास आयोजनाहरूको ठेक्का तोड्ने जस्ता महत्वपूर्ण काम अघि बढाइएका उदाहरण छन्। बुढीगण्डकी (१२०० मेगावाट), माथिल्लो अरुण (१०६३ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जस्ता ठूला जलविद्युत आयोजनाहरू स्वदेशी लगानीमै निर्माण गर्न सकिने विश्वाससहित मोडालिटी तय हुनु पनि महत्वपूर्ण उपलब्धि हो। यी त केवल केही प्रतिनिधि कामहरू मात्र हुन् ।
सम्बन्धित खबर
सदनमा देशबेचुवा र भ्रष्टाचारीहरूलाई हायलकायल बनाउँछुः हर्क साम्पाङ
‘देशलाई नाराले होइन-दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व चाहिन्छ’ – कुलमान घिसिङ
प्रतिनिधिसभाको पहिलो बैठक नयाँ भवनमै हुने
चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ: निर्वाचन आयोग
राष्ट्रिय सभाका सदस्यको शपथ ग्रहण
देशभर १४ महिला उम्मेदवार विजयी, रास्वपा कै १३ जना
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्यो
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान