सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी

तलब वृद्धि

सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी

Balen-Swarnim

सरकारले नयाँ बजेटसँगै कर्मचारीको तलब बढाउने भएको छ । विगत तीन वर्षदेखि बढ्न नसकेको कर्मचारीको तलब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बढाउने तयारी गरेका हुन्।

लामो समयदेखि कर्मचारीको तलब नबढ्दा निजी क्षेत्रसँगको तुलनामा सरकारी सेवाप्रतिको आकर्षण घट्ने निष्कर्षसहित तलब तथा सुविधा बढाउन सिफारिस गरिएको हो। अन्तिम पटक तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत निजामती र शिक्षकको तलब १५ प्रतिशतले बढाएका थिए। तर पछिल्लो तीन आर्थिक वर्षदेखि कर्मचारीको तलब बढेको छैन।

निजामती सेवा ऐन २०४९ अनुसार प्रत्येक तीन वर्षमा कर्मचारीको तलब बढाउनुपर्ने व्यवस्था छ। तर गत आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीहरुको महँगी भत्ता मासिक १ हजार रुपैयाँ वृद्धि गरेर ५ हजार रुपैयाँ पुर्याइएको थियो।

हाल कार्यालय सहयोगी स्तरको तलब २४ हजार ७०२ रुपैयाँ र मुख्यसचिवको तलब ७७ हजार २११ रुपैयाँ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds