प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिलाई बोलिदिन अनुरोध गर्दै पठाए पत्र

राजनीति

प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिलाई बोलिदिन अनुरोध गर्दै पठाए पत्र

ramchandra Balen

गणतन्त्र दिवस (१५ जेठ)का दिन सैनिक मञ्च टुँडिखेलमा सम्बोधन गरिदिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएका छन् ।

मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै गणतन्त्र दिवसमा बोलिदिन प्रधानमन्त्री कार्यालयको पत्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको हो ।

‘क्याबिनेटले निर्णय गरेर गणतन्त्र दिवसको दिन बोलिदिन अनुरोध गर्दै पत्र शीतलनिवास पुगेको छ,’ स्रोतले शिलापत्रसँग भन्यो, ‘गणतन्त्र दिवसमा यसअघि प्रधानमन्त्रीहरूले सम्बोधन गर्ने अभ्यास थियो । तर, यसपटक राष्ट्रपतिले सम्बोधन गर्नुहुन्छ ।’

पत्रमा गणतन्त्रको प्रतीक नै राष्ट्रपति हुने भएकोले सम्बोधन गरिदिन अनुरोध गरिएको पत्र शीतलनिवास पुगेको हो ।

प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका छैनन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds