काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले विगतदेखि सञ्चालनमा रहेका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अघिल्ला सरकारहरूले ल्याएका त्यस्ता अधिकांश कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन् ।
‘यसअघि सरकारहरूले गरिबका नाममा र लोककल्याणकारी राज्यका नाममा ल्याएका कार्यक्रमहरू सबै यथावत छन् । अब कि त तपाईंहरूले स्वीकार गर्नुपर्यो कि विगतमा ल्याइएका कार्यक्रमहरूको कुनै आधार थिएन वा ती गरिबमुखी थिएनन् । अन्यथा, तीमध्ये अधिकांश कार्यक्रमलाई हामीले निरन्तरता दिएका छौँ,’ उनले भने ।
अर्थमन्त्री वाग्लेका अनुसार अनुदानमुखी प्रणालीलाई उत्पादनमुखी बनाउने प्रयास गरिएको छ । व्यक्तिगत वा सामूहिक रूपमा करार खेतीमार्फत पनि किसानले यो कार्यक्रमबाट लाभ लिन सक्नेछन् । उक्त कार्यक्रमलाई प्रारम्भिक रूपमा परीक्षण (पाइलट) का रूपमा लागू गरिएको र सफल भए विस्तार गरिने उनको भनाइ थियो ।
पूर्वाधार विकासका विषयमा अर्थमन्त्री वाग्लेले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा उत्तर–दक्षिण करिडोरजस्ता राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइएको बताए । पूर्वाधार मन्त्रालयको बजेट करिव ३ सय अर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै उनले सबै माग एकैपटक सम्बोधन गर्न सम्भव नभए पनि कार्य प्रगतिका आधारमा थप स्रोत उपलब्ध गराउन सकिने बताए ।
सम्बन्धित खबर
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने भन्दै कांग्रेस सभापतिले गरे कटाक्ष
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
फेसबुकबाटै कर फिर्ता लिँदै प्रधानमन्त्री बालेनले लेखे- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्
आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह
चौतर्फी विरोधपछि शिक्षा र स्वाथ्यमा लगाएको कर सरकारले फिर्ता गर्यो
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
यो पनि पढौँ
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल