काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयकाअनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल-चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।
मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
भारत भ्रमणमा जस्तो चीनमा सीमा विवादबारे चुप नबस्न परराष्ट्रमन्त्रीलाई ओलीको सुझाव
राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणामा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिएकी छिन् ।
परराष्ट्रमन्त्री खनालले भारत भ्रमणको क्रममा सीमा विवादको कुरा नउठाएको प्रति आपत्ति जनाउँदै उनले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रुपमा राख्न आग्रह गरेकी हुन् ।
प्रमुख सचेतक ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भन्नेकुरा सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कुटनीति संवाद गर्नुपर्ने बताइन्।
प्रतिनिधिसभामा सचेतक ओलीले परराष्ट्रमन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भीर्यतालाई नबुझेको आरोप लगाइन्।
‘दिल्लीको औपचारिक वार्ताहरुमा कहीँ कतै पनि सीमाको विषय उठाउनु भएन । यतिसम्मकी नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तीमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन ।’
अघिल्ला परराष्ट्रमन्त्रीको भ्रमणमा सीमा विवाद गम्भीरता पूर्वक उठे पनि यसपटक बेवास्ता गरिएको बताइन् ।
‘मा व्यवस्थापन र विवाद के हो ? हामीले अध्ययन गर्नुपर्ने आवश्यक्ता छ । विगत ७ वर्षमा सभामुख महोदय नेपालले लेख्ने प्रेस विज्ञप्तीहरुमा सीमाको विवाद जहिले पनि रहन्थ्यो, उनले अगाडि भनिन्, ‘पहिलो पटक हाम्रो प्रेस नोटबाट यो हटेको छ । यसमा म यहाँको ध्यानाकर्षण गराउन चाहन्छु । यो गम्भिर विषय हो ।’
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण