फेवातालमा बेपत्ता युवकको शव फेला

दुःखान्त

फेवातालमा बेपत्ता युवकको शव फेला

fewaa

पोखरा स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

सोही महानगरपालिका–१५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री म‌ंगलबार साँझ ७ः०० बजे फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गण कास्कीबाट उनको खोजीकार्यको लागि गोताखोरसहितको टोली परिचालन भएको थियो । टोलीले फेवातालको करिब २५ फिट गहिराइबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ