पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुसारेध गरेको छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे ।
‘केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ’, उनले भने, ‘आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ ।’ उनले पानी पर्न सुरु गरेकाले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने बताए । उनले डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।
असार ९ गतेदेखि १५ गतेसम्म ६३ जनामा डेङ्गी देखिएको जनाउँदै डा. दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सडक, घर छेउछाउका पानी जम्नसक्ने खल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुनेहुँदा सङ्क्रमण बढ्न सक्ने बताए । ड्ङ्गीबाट बच्न घर वरिपरिका खल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत उपाय अपनाउन सकिने उनले सुझाव दिए ।
कीटजन्य रोग शाखा प्रमुख डा दाहालका अनुसार डेङ्गी सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी रोग लाग्दछ । तसर्थ लामखुट्टेले फूल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ”, उनले भने ।
सम्बन्धित खबर
पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
सरकारले भन्यो- ‘सरकारी कागजात ‘क्याम स्क्यानर’ जस्ता मोबाइल एपबाट स्क्यान नगर्नू
उच्च वृद्धिको लामो समयपछि पेट्राेल, डिजेल र ग्यासकाे मूल्य घट्याे
काठमाडौँमा बर्डफ्लु बढ्दै, देशभरका ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
११ जिल्लामा फैलियो बर्डफ्लु, झन्डै ६ लाख पन्छी नष्ट
यो पनि पढौँ
पाेखराकाे शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्दै ‘प्रतिभा बिजनेस स्कुल’ स्थापना, बीआइटी कोर्स सञ्चालन
ट्याक्सी, बस लगायतका सार्वजनिक सवारीमा अब भित्र र बाहिर क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै
पिआर लिएका ४ कर्मचारीलाई सरकारी सेवाबाट ‘अयोग्य’ ठहरिने गरी बर्खास्त गर्ने तयारी